Global TV Logo
लोड हुँदैछ...

निजी क्षेत्र आकर्षित नगरी विकास सम्भव छैन : गजुरेल

S
Sristi Thakuri
२०२६-०६-१२, १०:४४ AM
होमपेज/राजनीति
निजी क्षेत्र आकर्षित नगरी विकास सम्भव छैन : गजुरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले निजी क्षेत्रको लगानी आकर्षित नगरेसम्म देशको विकासको आवश्यकता पूरा गर्न कठिन हुने बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हालको बजेटमा पुँजीगत खर्च कम भएकाले विकासका लागि निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताए। ऊर्जा क्षेत्रमा निजी लगानीका लागि अनुकूल वातावरण बनेको उल्लेख गर्दै उनले यसलाई ‘ऊर्जाको स्वर्ण युग’को संज्ञा दिए।

गजुरेलले सार्वजनिक–निजी साझेदारी ९पीपीपी० मोडेललाई प्रभावकारी बनाउन आवश्यक नीति र कानुन कार्यान्वयनमा जोड दिँदै विकास बजेट खर्च गर्ने क्षमतामा सुधार आवश्यक रहेको बताए। उनले चालु आर्थिक वर्षमा कम्तीमा ९० प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने धारणा पनि राखे।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
निजी क्षेत्र आकर्षित नगरी विकास सम्भव छैन : गजुरेल | Global TV Khabar