Global TV Logo
लोड हुँदैछ...

न्यायको माग गर्दै मिटरब्याज पीडितद्वारा धनुषा जिल्ला अदालत घेराउ

S
Sristi Thakuri
२०२६-०६-०२, ११:४२ AM
होमपेज/समाचार
न्यायको माग गर्दै मिटरब्याज पीडितद्वारा धनुषा जिल्ला अदालत घेराउ

अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित बनेका नागरिकहरूले न्यायको माग गर्दै शुक्रबार धनुषा जिल्ला अदालत परिसरमा धर्ना तथा प्रदर्शन गरेका छन्। मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा आयोजित कार्यक्रममा पीडितहरूले सरकारले आफ्ना समस्या समाधानमा ठोस पहल नगरेको गुनासो गरेका हुन्।

धर्नालाई सम्बोधन गर्दै अध्यक्ष कुशवाहाले पटक–पटक सरकार र गृहमन्त्री फेरिए पनि पीडितका मुद्दा सम्बोधन हुन नसकेको बताए। उनले सरकारले दिएको आश्वासन कार्यान्वयन नभएको र पीडितमाथिको मानसिक तथा भौतिक प्रताडना बढ्दै गएको आरोप लगाए।

पीडितहरूले अदालतको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाउँदै निष्पक्ष न्याय नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com