सुस्तामा भारतीय सुरक्षाकर्मीले तटबन्ध भत्काएपछि भारतसँग नेपालको कूटनीतिक विरोध

काठमाडौं , साउन १९ - पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीले प्रवेश गरी स्थानीयले बनाएको अस्थायी तटबन्ध भत्काएपछि नेपाल सरकारले भारतसँग कूटनीतिक विरोध जनाएको छ ।
भारतीय सुरक्षाकर्मीले आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीयले बाढी नियन्त्रणका लागि माटोले बनाएको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको हो । नयाँदिल्लीस्थित नेपाली दूतावासले आइतबार भारतको विदेश मन्त्रालयसँग सुस्ता विषय उठाएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी थिएको छ । नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्तिसमेत जनाएको छ । तर,भारतीय पक्षले तटबन्ध बनाइएको क्षेत्र विवादित भएकाले दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहो¥याएको छ । आइतबार सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गरी स्थानीयले बनाएको माटोको तटबन्ध भत्काउन थालेपछि स्थानीयले विरोध गर्दा केहीबेर तनाव भएको थियो । त्यसपछि सशस्त्र प्रहरी बल एपीएफ र भारतीय सीमा सुरक्षा बल एसएसबीबीचको समन्वयपछि अवस्था सामान्य बनेको थियो । सुस्ता र कालापानी नेपाल–भारतबीचका प्रमुख सीमा विवादका क्षेत्र हुन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



