Global TV Logo
लोड हुँदैछ...

राहदानी खरिद प्रकरणमा महानिर्देशक अर्याल पक्राउ

S
Sristi Thakuri
२०२६-०६-१६, ०७:१३ AM
होमपेज/विशेष समाचार
राहदानी खरिद प्रकरणमा महानिर्देशक अर्याल पक्राउ

काठमाडौँ, असार १ -राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

आयोगको टोलीले सोमबार साँझ उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो। धनगढीबाट काठमाडौं आएका अर्याललाई विमानस्थलमै नियन्त्रणमा लिएर अख्तियारको हिरासतमा राखिएको स्रोतले जनाएको छ।

राहदानी विभागसँग सम्बन्धित खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियारले अनुसन्धान गरिरहेको छ। सोही प्रकरणमा बयान तथा थप अनुसन्धानका लागि अर्याललाई नियन्त्रणमा लिइएको बताइएको छ।

राहदानी छपाइ तथा व्यवस्थापनसँग जोडिएका केही खरिद प्रक्रियामा अनियमितता भएको आशंकापछि आयोगले छानबिन अघि बढाएको थियो। अनुसन्धानको दायरा फराकिलो बनाउँदै अख्तियारले सम्बन्धित कागजात र निर्णय प्रक्रियामाथि समेत अध्ययन गरिरहेको स्रोतको भनाइ छ।

यस विषयमा अख्तियारले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। तर, अनुसन्धान जारी रहेकाले थप विवरण क्रमशः सार्वजनिक हुने जनाइएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com