Global TV Logo
लोड हुँदैछ...

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जिल्ला अधिवेशन आजदेखि

B
Binita Thapa
२०२६-०६-०६, ०५:३३ AM
होमपेज/समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जिल्ला अधिवेशन आजदेखि

जेठ २३ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ ।

रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ । पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो । तदर्थ समिति बनेपनि गण्डकीका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अधिवेशन नगरिने भएको छ । 

ती जिल्लामा वडा र पालिकाको समेत अधिवेशन गरिएको थिएन । कुनै जिल्लामा ३० प्रतिशत पालिकाको अधिवेशन सकिए जिल्ला अधिवेशन गर्न सकिने गरी पार्टीले निर्णय लिएको थियो । आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ । प्रथम महाधिवेशनको मिति असार ७ देखि ९ गतेसम्म चितवनमा हुने समय निर्धारण गरिएको छ । रास्वपाले अधिवेशन तालिकाअन्तर्गत हालसम्म ४ हजार २ सय ४६ वट वडामा अधिवेशन सकेको छ । केन्द्रीय सदस्य आरके ढुंगानाले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कुल ५ सय १२ पालिका अधिवेशन सम्पन्न भएको छ । 

रास्वपाले महाधिवेशन लक्षित गरी विशेषतालिका अन्तर्गत जेठ २ र ३ गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन गरेको थियो । त्यस्तै जेठ ९ र १० गते पालिका भेला तथा पालिका अधिवेशन सञ्चालन गरेको थियो । 

जेठ १६ र १७ गते पनि बाँकी रहेका वडा र पालिका अधिवेशन सञ्चालन गरेको थियो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com