प्रतिनिधि विवाद र मधेश प्रदेशको असन्तुष्टिका कारण रास्वपाको बन्द सत्र स्थगित
S
Sristi Thakuri२०२६-०६-२२, ०१:१२ PM

काठमाडौँ, असार ८ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आजका लागि तय गरिएको बन्द सत्र अन्तिम समयमा स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको संख्या व्यवस्थापनमा देखिएको असन्तुष्टि र मधेश प्रदेशमा उत्पन्न विवाद समाधान नभएपछि बन्द सत्र सुरु हुन नसकेको हो।
पार्टी स्रोतका अनुसार विवादित विषय टुंग्याउने प्रयास भइरहेकाले आजका सबै कार्यक्रम स्थगित गरिएको हो। बिहानैदेखि उपस्थित प्रतिनिधिहरू दिनभर प्रतीक्षामा रहे पनि अन्ततः बन्द सत्र स्थगित गरिएको हो।
लोकप्रिय खबर
लोड हुँदैछ...



