रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईंँ पक्राउ
S
Sristi Thakuri२०२६-०९-२८, ०७:०१ AM

काठमाडौं, असोज १२ - मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंँ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका छन्।
रास्वपाकी सांसद रचना खतिवडाविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक तथा चरित्रहत्या गर्ने अभिव्यक्ति दिएको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रसाईंँले जेन्जी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाकी आमासमेत रहेकी सांसद खतिवडामाथि व्यक्तिगत लाञ्छना लगाउने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि खतिवडाको परिवारले साइबर ब्युरोमा उजुरी दिएको थियो।
प्रसाईंँ यसअघि पनि विभिन्न साइबर तथा राजनीतिक विवादमा पक्राउ पर्दै आएका छन्। पछिल्लो पक्राउबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



