देशभर मनसुनी वायुको प्रभाव

साउन ३०- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ।
जसको प्रभावले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। मधेस प्रदेश साथै गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केहि स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको पानी परिरहेको छ।
आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू९भागका केहि स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान साथै मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



