Global TV Logo
लोड हुँदैछ...

बाढी प्रभावित नुवाकोटमा वैकल्पिक लाइनबाट विद्युत् सेवा सुचारु

S
Sristi Thakuri
२०२६-०८-२७, ०५:४० AM
होमपेज/विशेष समाचार
बाढी प्रभावित नुवाकोटमा वैकल्पिक लाइनबाट विद्युत् सेवा सुचारु

काठमाडौं , भदौ ११ - भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति प्रभावित भएपछि नेपाल विद्युत् प्राधिकरणले नुवाकोटका खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायतका क्षेत्रमा वैकल्पिक लाइनमार्फत विद्युत् सेवा सुचारु गरेको छ।

प्राधिकरणका अनुसार सिन्धुपाल्चोकबाट वैकल्पिक आपूर्ति व्यवस्था मिलाइएको छ भने चपली–देवीघाट र बालाजु–त्रिशूली लाइन सञ्चालनका लागि प्राविधिक काम भइरहेको छ। त्रिशूलीका केही क्षेत्रमा सल्यानटार सबस्टेसनबाट पनि विद्युत् आपूर्ति गरिएको छ।

क्षतिग्रस्त संरचनाको मर्मत तथा नियमित विद्युत् सेवा पुनःस्थापनाका लागि प्राधिकरणले प्राविधिक टोली र आवश्यक उपकरणसहित प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com