सुन्धारा कारागारबाट फरार कैदी भक्तपुरबाट पक्राउ
S
Sristi Thakuri२०२६-०८-१३, ०९:३७ AM

काठमाडौं , साउन २८ - जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–५ जोरपाटी बस्दै आएका ६१ वर्षीय पदम घ्याम्छो तामाङ रहेका छन् । तामाङलाई बिहीबार भक्तपुर मालपोत कार्यालय नजिकबाट पक्राउ गरिएको हो ।उनी जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेका बेला २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।
फरार भएपछि खोजीमा रहेको तामाङलाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



