‘सबै कुरा शून्यबाट सुरु हुँदैछ’ — विज्ञान तथा नवप्रवर्तन मन्त्रालयबारे मन्त्री पुन
S
Sristi Thakuri२०२६-०६-११, ०५:०६ AM

विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुन लागेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत मन्त्री पुनले अन्य मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थामा नभएकाले उल्लेख गर्दै तत्काल विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरेको जानकारी दिएका हुन् ।
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्य मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थाका नरहेको जानकारी दिँदै उनले कर्मचारी राख्ने, दरबन्दी कति चाहिने, काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्भेक्षण गर्ने निर्णय भएको बताए ।
विभिन्न मन्त्रालय अन्तर्गत छरिएर भइरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने कुरामा गहन छलफल तुरुन्त सुरु गर्ने पनि उनले जानकारी दिएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



