एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल भदौ ६ र ७ गते हुँदै
S
Sristi Thakuri२०२६-०८-२१, ०९:१४ AM

काठमाडौं , भदौ ५ - नेपालका उत्कृष्ट पबजी मोबाइल टोलीबीच हुने एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल प्रतियोगिता भदौ ६ र ७ गते काठमाडौंस्थित दशरथ रंगशालाको राखेप कभर्ड हलमा आयोजना हुँदैछ।
नेपालको बढ्दो ई–स्पोर्ट्स क्षेत्रलाई थप गति दिने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा देशका उत्कृष्ट टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। दुई दिनसम्म चल्ने प्रतियोगिताले नेपाली पबजी मोबाइल खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नेपालमा ई–स्पोर्ट्सको व्यावसायिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



