एनपीएलको उत्साह बढाउँदै एक्सट्रीम, ७ टोलीका लागि ७ प्रवेशद्वार

काठमाडौं , असोज ११ - नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम इनर्जी ड्रिङ्कले प्रतियोगिताको माहोललाई थप उत्सवमय बनाउन विशेष प्रचार अभियान सुरु गरेको छ।
एनपीएल सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग प्रायोजन साझेदारी गरेको एक्सट्रीमले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर ७ टोलीलाई समर्पित ७ वटा प्रवेशद्वार तयार गरेको हो। ती प्रवेशद्वारमा सम्बन्धित टोलीको पहिचानसँगै एक्सट्रीमको प्रचार सामग्री राखिएको छ।
कम्पनीका अनुसार एनपीएल सुरु हुनुअघि नै यस स्तरको प्रचार अभियान सुरु गर्ने एक्सट्रीम पहिलो ब्रान्ड हो। एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको जनाएको छ।
एक्सट्रीमले प्रवेशद्वारसँगै सडक किनारका प्रचार सामग्री, ठूला प्रचार बोर्ड तथा टेलिभिजन विज्ञापनमार्फत पनि एनपीएलसँग आफ्नो उपस्थिति बढाउँदै लगेको छ। एनपीएल सिजन ३ कार्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
लोकप्रिय खबर
लोड हुँदैछ...



