बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सको रु. १ करोड सहयोग

काठमाडौं , भदौ १४ - बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले रु. १ करोड सहयोग गरेको छ।
कम्पनीले घोषणा गरेको उक्त सहयोग रकम नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। विपद्को कठिन परिस्थितिमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने उद्देश्यले रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको कम्पनीले जनाएको छ।
बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारी तथा गैरसरकारी निकायहरूबाट प्रयास भइरहेका बेला निजी क्षेत्रबाट पनि सहयोग जुट्न थालेको छ। सोही क्रममा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।
कम्पनीले विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले आगामी दिनमा पनि राष्ट्र र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कम्पनीका अनुसार विपद्का बेला नागरिकको जीवनरक्षा, राहत व्यवस्थापन तथा पुनर्स्थापनाका लागि राज्यसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्यसमेत राखिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



