गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट
B
Binita Thapa२०२६-०८-०२, ०४:०६ AM

साउन १७ - गोठाटारमा भएको आगलागीमा विभिन्न १४ वटा पसलहरु जलेका छन् ।
शनिबार राति सवा ९ बजे सुरु भएको आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसलमा क्षति भएको हो । गोठाटारको पहेलोपुल नजिक रवीन्द्र भट्टराईले संचालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट भई आगलागी सुरु भएको थियो ।
आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका – ९ का ३७ को नरेश थापा लडेर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई नगर अस्पताल मुलपानीमा सामान्य उपचारपश्चात थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।
आगलागी राति ११ बजे सशस्त्र र प्रहरी टोलीले स्थानीयको सहयोगमा ९ वटा दमकल, ३ वटा पानी ट्याङ्कीको प्रयोग गरेर नियन्त्रणमा लिएको थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



