Global TV Logo
लोड हुँदैछ...

अन्तर्राष्ट्रिय विमानस्थल पूर्वाधार विस्तार गर्न अर्थ समितिको निर्देशन, नागरिकलाई अनावश्यक आर्थिक भार नपार्न जोड

S
Sristi Thakuri
२०२६-०८-१३, ०९:०८ AM
होमपेज/विशेष समाचार
अन्तर्राष्ट्रिय विमानस्थल पूर्वाधार विस्तार गर्न अर्थ समितिको निर्देशन, नागरिकलाई अनावश्यक आर्थिक भार नपार्न जोड

काठमाडौं , साउन २८ - विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई अर्थ समितिको निर्देशन, आमनागरिकलाई आर्थिक भार नपर्ने गरी उचित नियमन र व्यवस्थापन गर्न निर्देशन दिने निर्णय ।

प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ ।

विहीवार बसेको अर्थसमितिको बैठकले विमानस्थलको पूर्वाधार विस्तारसँगै विभिन्न चार वटा विषयमा सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । समितिका सभापति डा. कृष्णहरि बुढाथोकीकाअनुसार उपसमितिले गरेको स्थलगत अध्ययन तथा अनुगमनबाट प्राप्त सुझावका आधारमा अन्य विषयगत समितिमार्फत निर्देशन दिन लागिएको छ ।

 समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागमन तथा भन्सार कार्यालयका परिसर साँघुरा भएकाले आवश्यक विस्तार तथा व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय विमानस्थलका भौतिक संरचनाको नियमित मर्मतसम्भार गरी चुस्तदुरुस्त राख्न तथा ती संरचनाको प्रयोग गर्दा सर्वसाधारण नागरिकलाई अनावश्यक आर्थिक भार नपर्ने गरी उचित नियमन र व्यवस्थापन गर्न पनि प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सभापति बुढाथोकीले जानकारी दिए ।

समितिले नेपालमा सञ्चालित उद्योगका लागि प्रतिष्पर्धी दरमा गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्ने व्यवस्था मिलाउन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले प्रभावित स्थानीयले पाउने सुविधा सुनिश्चित गर्दै जलविद्युत् क्षेत्रमा भएको लगानी तथा लगानीकर्ताको सुरक्षाको प्रत्याभूति यथाशीघ्र गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com