Global TV Logo
लोड हुँदैछ...

बाढीले रसुवादेखि चितवनसम्म त्रास, २५० भन्दा बढी तीर्थयात्री सम्पर्कविहीन

S
Sristi Thakuri
२०२६-०८-२६, ०९:०५ AM
होमपेज/विशेष समाचार
बाढीले रसुवादेखि चितवनसम्म त्रास, २५० भन्दा बढी तीर्थयात्री सम्पर्कविहीन

काठमाडौं , भदौ १० - चीनको तिब्बतबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवाको टिमुरे बजारसहित विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ। बाढीले नुवाकोटको त्रिशूली बजारका घरहरूमा समेत क्षति पुर्‍याएको छ भने यसको बहाव धादिङ हुँदै चितवनतर्फ बढिरहेको छ।

बाढीका कारण कैलाश मानसरोवर र गोसाईंकुण्ड यात्रामा रहेका २५० भन्दा बढी तीर्थयात्री सम्पर्कविहीन भएका छन्। पर्यटक प्रहरीका डीएसपी विश्वराज अधिकारीका अनुसार अधिकांश मानसरोवर यात्रामा रहेका तीर्थयात्री सम्पर्कबाहिर छन्।

यात्रामा रहेका केही पर्यटकले भने आफूहरू सुरक्षित रहेको जानकारी दिँदै उद्धारका लागि सम्पर्क गरेका छन्। अहिले प्रहरीले सम्पर्कविहीनको विवरण संकलन गर्दै खोजी, उद्धार तथा राहतलाई तीव्रता दिएको जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com