Global TV Logo
लोड हुँदैछ...

परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते चीन जाँदै

S
Sristi Thakuri
२०२६-०६-१२, ०८:३२ AM
होमपेज/विशेष समाचार
परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते चीन जाँदै

परराष्ट्रमन्त्री शिशिर खनाल यही जेठ ३१ गते चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्ने भएका छन्। उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपाल–चीन सम्बन्ध, आपसी हितका विषय तथा सहकार्यका क्षेत्रबारे छलफल गर्नेछन्। यसका साथै उनले चीनका अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा मन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग भेटघाट गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे छलफल गर्नेछन्।

उनको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com