Global TV Logo
लोड हुँदैछ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

B
Binita Thapa
२०२६-०९-२७, ०३:४० AM
होमपेज/समाचार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

असोज ११- पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । 

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले महाराजगञ्जमा रहेको निवासबाट उनलाई गएराति पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुको आधिकारीक कारण खुलेको छैन । तर जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको कार्यालयले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

२०७५ साल पुस १७ मा प्रधानन्यायाधीश बनेका उनीविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो । त्यसपछि निलम्बनमा पर्नुभएको थियो । महाअभियोग लामो समयसम्म संसद्मा अलपत्र भएको थियो । संसद्को अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेखेका थिए ।   संसद् सचिवालयका तत्कालीन महासचिवको सफाइ पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । 

पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com