Global TV Logo
लोड हुँदैछ...

सिंगापुरमा उपचार गराएर नेपाल फर्किए पूर्वप्रधानमन्त्री देउवा

S
Sristi Thakuri
२०२६-०८-१३, ०७:२७ AM
होमपेज/विशेष समाचार
सिंगापुरमा उपचार गराएर नेपाल फर्किए पूर्वप्रधानमन्त्री देउवा

काठमाडौं , साउन २८ -  नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। देउवा बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

देउवा श्रीमती एवं कांग्रेस नेतृ आरजु राणा देउवासँगै उपचारका लागि गत कात्तिक १० गते राति सिंगापुर गएका थिए। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उनी उपचारका लागि सिंगापुर गएका थिए।

उपचारपछि नेपाल फर्किएका देउवालाई स्वागत गर्न कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थल पुगेका थिए। उनीहरूले विमानस्थलमै पुगेर देउवाको स्वागत गरेका हुन्।

देउवाको नेपाल आगमनसँगै पछिल्लो समय पार्टीभित्र देखिएको राजनीतिक गतिविधि र आगामी रणनीतिबारे पनि कांग्रेस वृत्तमा चासो बढेको छ। उपचारका क्रममा लामो समय विदेशमा रहेका देउवाको स्वदेश फिर्तीलाई कांग्रेस नेताहरूले समेत महत्त्वका साथ हेरेका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com