Global TV Logo
लोड हुँदैछ...

चार प्रदेश र ६४ जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न

B
Binita Thapa
२०२६-०६-१६, १२:२७ PM
होमपेज/विशेष समाचार
चार प्रदेश र ६४ जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौँ, असार २- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ ।

पछिल्लो विवरणअनुसार ६०९ पालिका, चार हजार ३६३ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेश प्रदेशको अधिवेशन स्थगन रहेको छ । त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको रास्वपाले जनाएको छ ।

अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रुकुमपूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेश प्रदेशका धनुषा, सप्तरी बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । यसैगरी सिन्धुपाल्चोक, सिरहा, महोत्तरी, रौतहटमा अधिवेशन प्रक्रिया शुरू भई स्थगन भएको उनले बताए । 

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार ७, ८ र ९ गते चितवनमा आयोजना हुनेगरी तयारी तीव्र भइरहेको छ ।

 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com