Global TV Logo
लोड हुँदैछ...

बाढी प्रभावित क्षेत्रमा टेलिकमको निःशुल्क सेवा थप ३ दिन

S
Sristi Thakuri
२०२६-०८-२७, ०९:३४ AM
होमपेज/विशेष समाचार
बाढी प्रभावित क्षेत्रमा टेलिकमको निःशुल्क सेवा थप ३ दिन

काठमाडौं , भदौ ११ -  नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क सञ्चार सेवा थप तीन दिनका लागि विस्तार गरेको छ।

अब भदौ १२, १३ र १४ गतेसम्म प्रभावित सेवाग्राहीले दैनिक २ जीबी डाटा, ५० एसएमएस तथा भ्वाइस कल निःशुल्क प्रयोग गर्न पाउनेछन्।

रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन टेलिकमले एसएमएसमार्फत आग्रह गर्दै आएको छ। बाढीबाट केही संरचनामा क्षति पुगे पनि सेवा निरन्तर राख्न प्राविधिक टोली परिचालन गरिएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिएका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com