Global TV Logo
लोड हुँदैछ...

बन्द उद्योग पुनः सञ्चालनदेखि पेट्रोलियम भण्डारण विस्तारसम्म सरकारको योजना

S
Sristi Thakuri
२०२६-०६-१७, १२:११ PM
होमपेज/विशेष समाचार
बन्द उद्योग पुनः सञ्चालनदेखि पेट्रोलियम भण्डारण विस्तारसम्म सरकारको योजना

काठमाडौँ, असार ३ -  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बन्द र रुग्ण अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः सञ्चालनमा ल्याएर उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकता रहेको बताएकि छन् ।

प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्रीले सात सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रक्रिया अघि बढेको र सोही आधारमा सञ्चालन मोडालिटी तय गरिने जानकारी दिइन । 

पेट्रोलियम आपूर्ति सुरक्षित बनाउन तीन महिनाको माग धान्ने भण्डारण क्षमता विस्तार गर्ने लक्ष्य रहेको र सिलगुडी–चारआली तथा अमलेखगञ्ज–लोथर पाइपलाइन परियोजना अघि बढिरहेको  उनले ताइन् । 

मन्त्रीका अनुसार बजार अनुगमन, वैदेशिक व्यापार सुधार, एकद्वार सेवा प्रणाली सुदृढीकरण र सेवा अनलाइन बनाउने काम अघि बढाइएको छ। स्टार्टअप कर्जा र उद्यमशीलता कार्यक्रमलाई निरन्तरता दिइने पनि उनले बताउइन । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com