Global TV Logo
लोड हुँदैछ...

बूढीगण्डकीमा बाढीले दुई पुल बगाएपछि गगन थापाद्वारा सतर्क रहन आग्रह

S
Sristi Thakuri
२०२६-१०-११, ०७:०५ AM
होमपेज/विशेष समाचार
बूढीगण्डकीमा बाढीले दुई पुल बगाएपछि गगन थापाद्वारा सतर्क रहन आग्रह

काठमाडौँ , असोज २५ - नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै दुईवटा पुल बगाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

उनले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा सक्रियतापूर्वक जुट्न कांग्रेसका नेता तथा कार्यकर्तालाई समेत अपिल गरेका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com