Global TV Logo
लोड हुँदैछ...

गणतन्त्र दिवसमा गगन थापाको शुभकामना : लोकतन्त्रका शहीदप्रति श्रद्धाञ्जली

S
Sristi Thakuri
२०२६-०५-२९, ०४:५७ AM
होमपेज/राजनीति
 गणतन्त्र दिवसमा गगन थापाको शुभकामना : लोकतन्त्रका शहीदप्रति श्रद्धाञ्जली

नेपाली कांग्रेसका सभापति गगन थापाले गणतन्त्र दिवसको शुभकामना दिएका छन् । १९ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै सभापति थापाले लोकतन्त्रको स्थापना र पुनःस्र्थापनाका लागि भएका ऐतिहासिक जन–आन्दोलनहरूमा देशका असंख्य वीर सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेको उल्लेख गर्दै आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति गणतन्त्र दिवसको अवसरमा श्रद्धाञ्जली व्यकत गरेका छन् । ‘नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२–६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारद्वारा संविधानसभाको निर्वाचन सम्पन्न भयो’, सभापति थापाले लेखेका छन्, ‘तत्पश्चात् विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरिएको थियो। यही ऐतिहासिक उपलब्धिको स्मरणमा हामी हरेक वर्ष जेठ १५ लाई गौरवका साथ गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ ।’ उनले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न  सकिने उल्लेख गरेका छन् । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com