फोहोरमैला व्यवस्थापन विधेयक संसदमा प्रस्तुत
S
Sristi Thakuri२०२६-०९-२३, ०७:१९ AM

काठमाडौं , असोज ७ -पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको आजको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन्।
फोहोरलाई अब केवल फोहोर नभई चक्रीय अर्थतन्त्रको अवधारणाअनुसार प्रशोधन गरी आर्थिक स्रोत र साधनका रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री लम्सालले यो विधेयकले वैज्ञानिक व्यवस्थापन र स्वच्छ वातावरण निर्माणमा कोसेढुङ्गाको काम गर्ने बताए। विधेयकले फोहोरको उत्सर्जनदेखि विसर्जनसम्म संघ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट पार्दै यस क्षेत्रमा देखिएका कानुनी तथा प्रशासनिक जटिलताको अन्त्य गर्ने विश्वास लिइएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



