जलवायु क्षतिको प्रमाण जुटाएर अन्तर्राष्ट्रिय मञ्चमा दाबी गरौँ : अर्याल

काठमाडौं , भदौ ३० - नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिको वैज्ञानिक अभिलेख तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको दाबी गर्न सरकारसँग आग्रह गरेकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि यसको असरबाट नेपाल अग्रपंक्तिमा रहेर क्षति व्यहोर्नुपरेको बताइन्।
उनले मानवीय क्षति, विस्थापन, पूर्वाधार, कृषि, जैविक विविधता, सांस्कृतिक सम्पदा तथा जलविद्युतलगायत क्षेत्रमा परेको क्षतिको वैज्ञानिक अध्ययन गरी अन्तर्राष्ट्रिय दाबीलाई प्रमाणमा आधारित बनाउनुपर्नेमा जोड दिइन्।
जलवायु न्यायका लागि सबै राजनीतिक दलको सहभागितामा साझा संयन्त्र गठन गर्नुपर्ने बताउँदै अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा नेपालको जलवायु क्षतिको विषय गम्भीरतापूर्वक उठाउन आग्रह गरिन्।
उनले जलवायु विपद्पछि प्राप्त हुने सहयोग ऋणका रूपमा नभई पुनर्निर्माण र पुनर्स्थापनाका लागि अनुदानका रूपमा सुनिश्चित गर्न कूटनीतिक पहल गर्नुपर्ने बताइन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



