Global TV Logo
लोड हुँदैछ...

जनताका समस्या समाधानमा सरकार असफल : एमाले

S
Sristi Thakuri
२०२६-०५-२७, ११:३३ AM
होमपेज/राजनीति
जनताका समस्या समाधानमा सरकार असफल : एमाले

नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले वर्तमान सरकारलाई जनमतको सम्मान गर्दै संसदप्रति उत्तरदायी बन्न आग्रह गरेका छन्। बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारका कामकारबाही संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार हुनुपर्नेमा जोड दिए।महरले एमाले विरोधका लागि मात्रै विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै जनहित र संविधान कार्यान्वयनका सकारात्मक काममा सरकारलाई सहयोग गर्ने बताए। तर सरकारले संविधानभन्दा माथि उठ्ने वा स्वेच्छाचारी प्रवृत्ति देखाए सशक्त रूपमा खबरदारी गर्ने चेतावनी पनि दिए।उनले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री नियमित रूपमा संसद्मा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने उल्लेख गरे। सत्तापक्षका मुख्य सचेतकले गरेको प्रतिबद्धताका आधारमा सदन सञ्चालनमा सहयोग गरिएको पनि उनले बताए।महरले संसदलाई तीन करोड नेपालीको आवाज बोल्ने सर्वोच्च थलोको संज्ञा दिँदै प्रधानमन्त्रीले सदनमार्फत जनतालाई आफ्ना कामकारबाहीबारे जानकारी गराउनुपर्ने बताए। जनताका आधारभूत समस्या समाधानभन्दा सरकार प्रचारमुखी गतिविधिमा केन्द्रित भएको उनको आरोप थियो।विद्युत्, दूरसञ्चार, शिक्षा तथा सुकुम्बासी समस्यामा सरकार प्रभावकारी योजना ल्याउन असफल भएको भन्दै उनले महँगी, बेरोजगारी र युवा पलायनजस्ता विषयमा पनि सरकार गम्भीर बन्नुपर्ने बताए। पछिल्लो तीन महिनामा मात्रै तीन लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा जानु चिन्ताजनक भएको उनको भनाइ थियो।त्यस्तै, राष्ट्रिय गौरवका आयोजना, उत्तर–दक्षिण कोरिडोर र हुलाकी राजमार्ग निर्माणको सुस्त गतिप्रति पनि महरले असन्तुष्टि व्यक्त गरे।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
जनताका समस्या समाधानमा सरकार असफल : एमाले | Global TV Khabar