Global TV Logo
लोड हुँदैछ...

१०० दिने कार्ययोजनामा केन्द्रित सरकार, प्रधानमन्त्रीको विदेश भ्रमण तत्काल नहुने

S
Sristi Thakuri
२०२६-०५-२५, ११:४८ AM
होमपेज/राजनीति
१०० दिने कार्ययोजनामा केन्द्रित सरकार, प्रधानमन्त्रीको विदेश भ्रमण तत्काल नहुने

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको अहिलेको मुख्य ध्यान सरकारको कार्यसम्पादन र १०० दिने कार्ययोजनामा केन्द्रित रहेको बताएका छन् । उनले प्रधानमन्त्रीको भारतसहित अन्य कुनै पनि देश भ्रमणको तत्काल योजना नरहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापतिको विदेश भ्रमणलाई जोडेर भइरहेका चर्चामा प्रतिक्रिया दिँदै उनले सभापतिको भ्रमण निजी वा पार्टीगत विषय भएको उल्लेख गरेका हुन् । प्रवक्ता पोखरेलका अनुसार सरकारले सुरुवाती १०० दिनको कार्ययोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । साथै, अर्थ मन्त्रालयले आगामी बजेट निर्माणको कामलाई तीव्र बनाएको र अधिकांश मन्त्रालयले आफ्ना योजना तथा कार्यक्रम पेश गरिसकेको जानकारी दिएका छन् । यस्तै 

आगामी गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधनबारे भने मन्त्रिपरिषद्मा कुनै विशेष छलफल नभएको उनको भनाइ छ । प्रधानमन्त्रीले आवश्यकता र उपयुक्तताअनुसार उचित समयमा सम्बोधन गर्न सक्ने उनेले संकेत गरेका छन् । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
१०० दिने कार्ययोजनामा केन्द्रित सरकार, प्रधानमन्त्रीको विदेश भ्रमण तत्काल नहुने | Global TV Khabar