सरकार–हिन्दू सम्राट सेना मौखिक समझदारीमा, आन्दोलन स्थगित

काठमाडौं , साउन १७ - गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच आन्दोलनसँग सम्बन्धित मागहरूका विषयमा मौखिक रुपमा समझदारी भएपछि आन्दोलन स्थगित भएको छ ।
जनकपुरधामस्थित आइतबार फेरी करिब डेढ घण्टा भएको वार्तामा गृहमन्त्री गुरुङको नेतृत्वमा सरकारी प्रतिनिधिमण्डल र हिन्दू सम्राट सेनाका पदाधिकारीबीच मौखिक रुपमा समझदारी भएसंगै आन्दोलन स्थगित गरिएको हो । हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार यसअघि सरकारलाई बुझाइएको १३ बुँदे मागमा थप ६ बुँदा मिलाएर प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ । ती मागप्रति सरकार सकारात्मक रहेको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको उनको भनाई छ ।
धर्मको आधारमा कुनै पनि आयोग नराखिने, मदरसा तथा मस्जिदको फन्डिंग, धार्मिक स्थलमा बजाइने लाउड स्पीकर लगायतका विषयमा समझारी भएको हिन्दु सम्राट सेना नेपालका अध्यक्ष राजेश यादवको भनाई छ ।
उनका अनुसार सरकारी पक्षबाट माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएपछि हिन्दू सम्राट सेना नेपालले बन्दसहितका सबै आन्दोलन र विरोधका कार्यक्रम फिर्ता लिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



