Global TV Logo
लोड हुँदैछ...

सरकार विकासभन्दा विवादमै अल्झियो : कांग्रेस सांसद राना

S
Sristi Thakuri
२०२६-०७-१४, १०:२१ AM
होमपेज/राजनीति
सरकार विकासभन्दा विवादमै अल्झियो : कांग्रेस सांसद राना

काठमाडौं,  असार ३० –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सन्दीप रानाले वर्तमान सरकार विकासका काममा भन्दा बढी विवादमा अल्झिएको आरोप लगाएका छन । 

प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा सांसद रानाले सरकारको सय दिने कार्यकालको समीक्षा गर्दै जनसरोकारका विषयमा सरकार उदासिन रहेको बताए । सांसद रानाले सरकारले सय दिनमा सय काम गर्ने प्रतिवद्धता जनाए पनि ती दिनहरू विकासभन्दा बढी विवादमा बितेको बताए । स्वास्थ्य क्षेत्रको समस्या औँल्याउँदै उनले अस्पतालहरूमा रेबिज र क्यान्सर जस्ता गम्भीर रोगका औषधिको अभाव रहेको, नेप्से परिसूचकमा गिरावट आएको र निजी क्षेत्र सशंकित बनेको तर्फ सरकारको ध्यानाकर्षण गराए । 

त्यस्तै, युवा पलायनको क्रम नरोकिएको र कुपोषणको समस्या तिब्र गतिमा बढिरहेको प्रति पनि उनले चिन्ता व्यक्त गरे । 

कुटनीतिक नियुक्तिहरूका सन्दर्भमा टिप्पणी गर्दै सांसद रानाले राजदुत नियुक्तिलाई सरकारले ‘जब भ्याकेन्सी’ को रूपमा बुझ्न नहुने बताए । सरकारले आफ्नो विफलता लुकाउन विगत ३५ वर्षमा केही भएन भन्ने ‘गलत भाष्य’ निर्माण गर्न खोजेको उनको आरोप छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com