Global TV Logo
लोड हुँदैछ...

सरकारले दुर्गा प्रसाईंसँग वार्ता गर्न ४ सदस्यीय टोली गठन गर्दै

S
Sristi Thakuri
२०२६-०८-१८, ०६:०४ AM
होमपेज/विशेष समाचार
सरकारले दुर्गा प्रसाईंसँग वार्ता गर्न ४ सदस्यीय टोली गठन गर्दै

काठमाडौं , भदौ २ - मेडिकल व्यवसायी तथा राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अभियन्ता दुर्गा प्रसाईँसंग वार्ता गर्न सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा टोली गठन गरेको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले विभिन्न मागहरू राखेर आन्दोलनको घोषणा गरेका छन् । उनले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमासमेत विभिन्न मागहरू प्रस्तुत गरेका छन् । सोही सन्दर्भमा वार्ता गरी समस्या समाधानका लागि सहजीकरण गर्न नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

 वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com