Global TV Logo
लोड हुँदैछ...

सीमा विवाद टिप्पणीलाई लिएर संसदमा हर्कराज राईको कडा आपत्ति

S
Sristi Thakuri
२०२६-०६-०९, ०८:१० AM
होमपेज/राजनीति
सीमा विवाद टिप्पणीलाई लिएर संसदमा हर्कराज राईको कडा आपत्ति

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीबालेन्द्र साहले विगतमा दिएको “नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ” भन्ने अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दाबी गरे ।  सांसद राईले सदनमा जारी गतिरोध अन्त्यका लागि सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।  उनले राष्ट्रियताको विषयमा सत्ता पक्ष–प्रतिपक्षभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए । 

यसैबीच, प्रस्ताव अघि बढेसँगै संसद्मा सीमा विवाद र अभिव्यक्तिको विषयले पुनः राजनीतिक बहस चर्किने संकेत देखिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com