Global TV Logo
लोड हुँदैछ...

बाढी प्रभावितका लागि हिमगिरि हाइजीनले ७० लाखको राहत सामग्री दिने

S
Sristi Thakuri
२०२६-०८-३१, १२:४७ PM
होमपेज/विशेष समाचार
बाढी प्रभावितका लागि हिमगिरि हाइजीनले ७० लाखको राहत सामग्री दिने

काठमाडौं , भदौ  १५ - भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि हिमगिरि हाइजीन लिमिटेडले रु. ७० लाख बराबरको व्यक्तिगत तथा घरायसी हाइजीन सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

कम्पनीले बाढीपछि प्रभावित क्षेत्रमा सरसफाइको अभावका कारण विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै साबुन, डिटर्जेन्टलगायत अत्यावश्यक हाइजीन सामग्री राहतस्वरूप उपलब्ध गराउने जनाएको हो।

हिमगिरि हाइजीन लिमिटेडले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। कम्पनीले घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित उद्धार तथा आवश्यक राहतको कामना समेत गरेको छ।

कम्पनीका अनुसार बाढी प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त परिमाणको हाइजीन सामग्री उपलब्ध गराउन लागिएको हो। विपत्तिको समयमा प्रभावित समुदायको स्वास्थ्य तथा सरसफाइमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको हिस्सा भएको कम्पनीले जनाएको छ।

हिमगिरि हाइजीनले राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष रूपमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सम्बन्धित सरकारी तथा गैरसरकारी निकायप्रति समेत सम्मान व्यक्त गरेको छ।

देवनारा ग्रुप जाजू ग्रुपअन्तर्गतको हिमगिरि हाइजीन लिमिटेड विराटनगरमा आधारित कम्पनी हो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com