Global TV Logo
लोड हुँदैछ...

पीडितका गुनासा सुन्न माइतीघर पुगे गृहमन्त्री गुरुङ, न्याय दिलाउने प्रतिबद्धता

S
Sristi Thakuri
२०२६-०६-११, ११:३४ AM
होमपेज/विशेष समाचार
पीडितका गुनासा सुन्न माइतीघर पुगे गृहमन्त्री गुरुङ, न्याय दिलाउने प्रतिबद्धता

गृहमन्त्री सुधन गुरुङले  माइतीघर मण्डलामा विभिन्न माग राख्दै धर्नामा बसेका पीडित तथा आन्दोलनरत समूहहरूसँग प्रत्यक्ष भेटवार्ता गरेका छन्।

बिहीबार अपराह्न माइतीघर पुगेका गृहमन्त्री गुरुङले विभिन्न मुद्दा र माग लिएर बसेका व्यक्तिहरूको गुनासा सुन्दै उनीहरूको अवस्थाबारे जानकारी लिएका थिए। भेटका क्रममा उनले पीडितहरूको समस्या गम्भीरतापूर्वक सुनेर सम्बन्धित निकायमार्फत आवश्यक पहल गर्ने तथा न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

गृहमन्त्री गुरुङले नागरिकका जायज माग र समस्याप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै समाधानका लागि आवश्यक समन्वय र पहल अघि बढाइने विश्वास दिलाए। उनले पीडितका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकार र पीडित पक्षबीच भएको उक्त छलफललाई समस्याको समाधानतर्फको सकारात्मक पहलका रूपमा हेरिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com