Global TV Logo
लोड हुँदैछ...

कांग्रेस विभाजन रोक्न अन्तिम प्रयासमा छु : पूर्णबहादुर खड्का

S
Sristi Thakuri
२०२६-०९-२०, ०७:५५ AM
होमपेज/राजनीति
कांग्रेस विभाजन रोक्न अन्तिम प्रयासमा छु : पूर्णबहादुर खड्का

काठमाडौं  , असोज ४ - नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको डिलमा पुगेको टिप्पणी गरेका छन् । 

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वउपसभापति खड्काले यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको टिप्पणी गरेका हुन् । पार्टीभित्र दुई पक्षले १५ औं महाधिवेशन तोकेर समानान्तर गतिविधि गरिरहँदा कुनै पनि पक्षमा नखुलेका नेता खड्काले सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेको जानकारी गराएका छन् । खड्काले पुनरावलोकन माग सहित आफू अदालत गएको हुँदा र अदाललते मुद्दा विचाराधिन अवस्थामा राखिरहेकोले महाधिवेशनको प्रक्रिया सहभागी नभएको बताएका छन् । महाधिवेशनको कार्यहरू रोक्न माग गर्दै अदालतमा निवेदन दर्ता गरे पनि कार्यतालिका रोक्न अदालतले आदेश नदिएको हुँदा दुई वटा महाधिवेशन हुने अवस्था आएको उनले बताएका छन् । अदालतमा विचाराधिन पुनरावलोकनको मुद्दालाई गम्भीरता रूपमा लिएर अग्राधिकारमा राख्ने प्रबन्ध गर्न उनले सर्वोच्च समक्ष आग्रह पनि गरेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com