Global TV Logo
लोड हुँदैछ...

‘प्रधानमन्त्री अनुपस्थित भए मलाई निष्कासन गरियोस्’ : हर्कराज राई

S
Sristi Thakuri
२०२६-०५-२७, ११:०१ AM
होमपेज/राजनीति
‘प्रधानमन्त्री अनुपस्थित भए मलाई निष्कासन गरियोस्’ : हर्कराज राई

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग माग गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा अध्यक्ष राईले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखलाई आग्रह गरेका हुन् । राईले लामो समयदेखि आफूहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आए पनि सभामुखबाट प्रभावकारी ‘रुलिङ’ हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । सदनको गरिमा कायम राख्नका लागि प्रधानमन्त्रीलाई सदनमा ल्याउनुपर्ने अन्यथा नियमावलीको नियम ३१ को उपनियम (१) प्रयोग गरी आफूलाई सदनबाट निष्कासन गर्न उनले चुनौती दिएका छन् ।अध्यक्ष राईले सभामुखको कार्यगत बाध्यता र परिस्थितिप्रति आफू जानकार रहेको भएपनि नियमको पालना नहुँदा सदनको मर्यादामा आँच पुगेको टिप्पणी गरे । बैठकमा केहीबेर सवालजवाफ भएपछि अध्यक्ष राई बैठक कक्षबाट निस्किएका थिए ।।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com