प्रहरी दिवसमा नागरिक सेवामा प्रतिबद्ध भएर खटिन आईजीपी कार्कीको आग्रह

काठमाडौँ , असोज ३० - प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उच्च मनोबल, अटुट प्रतिबद्धता, पूर्ण व्यवसायिक बनेर देश र नागरिकप्रतिको दायित्व निर्वाह गर्न सबै प्रहरी कर्मचारिलाई आग्रह गरेका छन् ।
७१ औँ प्रहरी दिवस तथा दशैं, तिहार, नेपाल संवद र छठको अवशरमा शुभकामना दिदै प्रहरी महानिरीक्षक कार्कीले विपद्धमा सारथी, संकटमा छहारी प्रविधियुक्त नेपाल प्रहरी भन्ने आदर्शलाई अघि बढाउन आग्रह गरेका हुन । यसैबिच, नेपाल प्रहरीले प्रत्येक वर्ष झै प्रहरी ऐन, २०१२ जारी भएको दिन आज प्रहरी दिवस मनाउँदैछ । प्रहरी दिवसका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय लगायत देशैभरका प्रहरी इकाईहरूमा विशेष समारोह, रक्तदान, सरसफाइ, वृक्षारोपण तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन् । प्रहरी दिवसका दिन उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई प्रहरी ब्याटन, विभूषण तथा विभिन्न सम्मान समेत दिने गरिन्छ । यो वर्ष पूर्ण शान्ति पुरस्कार प्रहरी उपरीक्षक अंगुर जिसीलाई र पुलिस ब्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी भुपेन्द्र खत्रीलाई दिइदैछ ।
लोकप्रिय खबर
लोड हुँदैछ...

