Global TV Logo
लोड हुँदैछ...

धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद

B
Binita Thapa
२०२६-०८-१२, ०४:०० AM
होमपेज/विशेष समाचार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद

साउन २७ - भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा ८१ लाख सात हजार ७ सय ८६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार साउन १ गतेदेखि २६ गतेसम्ममा विभिन्न स्थानबाट ८१ लाख सात हजार ७ सय ८६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी पाँच जनालाई पक्राउ गरेको छ ।

यस्तै यो अवधिमा लागुऔषधसहित २४ जनालाई पक्राउ गरी १९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले भएको जानकारी दिए । यसक्रममा ३४ किलो गाँजा, १८५।८२ ग्राम खैरोहेरोइन, २ सय ४३ थान नाइट्रोजेपाम, पाँच थान स्पास्मोरेटल, १४ थान एन्टिकफ ट्याब्लेट र नौ थान कोलिबेन बरामद गरिएको उनले बताए ।

त्यसैगरी, हातहतियारसम्बन्धी एउटा मुद्दा दर्ता गरिएको र तीन जना व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । बरामद हातहतियारमा पेस्तोल एक थान, पेस्तोलको म्यागजिन एक थान, ७.६५ केएफ लेखिएको गोली एक थान र नौ एमएम केएफ लेखिएको गोली राउन्ड एक थान गरी पाँच थान सामग्री रहेको प्रहरीले जनाएको छ ।

उनका अनुसार फैसला कार्यान्वयन अभियानलाई पनि तीव्रता दिएको छ । यस अवधिमा ४ सय १० वटा पक्राउ पुर्जी कार्यान्वयन गरिएको छ । विभिन्न अदालतबाट फैसला भएका व्यक्तिमाथि कारबाही गर्दै १ सय ५८ वर्ष आठ महिना सात दिन कैद सजाय कार्यान्वयन गरिएको तथा जरिवाना ६३ लाख ७७ हजार २ सय ६१ रुपैयाँ असुल गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com