Global TV Logo
लोड हुँदैछ...

सीमामा खटिने प्रहरीको सुविधा सुधार्दै सरकार, बिओपी पूर्वाधार निर्माण प्राथमिकतामा

S
Sristi Thakuri
२०२६-०७-२४, १२:४३ PM
होमपेज/विशेष समाचार
सीमामा खटिने प्रहरीको सुविधा सुधार्दै सरकार, बिओपी पूर्वाधार निर्माण प्राथमिकतामा

काठमाडौं , साउन  ८ - सीमावर्ती क्षेत्रमा खटिने सुरक्षाकर्मीको अवस्था सुधार गर्न सरकारले सीमा सुरक्षा चौकी (बोर्डर आउट पोस्ट–बिओपी) को पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ।

गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सीमामा कार्यरत प्रहरी अझै पनि जीर्ण भवन, टहरा र चुहिने छानामुनि बसेर ड्युटी गर्न बाध्य रहेको बताउँदै अब त्यस्ता समस्या समाधान गरिने जानकारी दिए । 

 उनका अनुसार चालु आर्थिक वर्षमा बिओपीको पूर्वाधार विकासका लागि बजेट विनियोजन भइसकेको छ र कार्यान्वयनको चरण सुरु भएको छ। सीमामा खटिएका सुरक्षाकर्मीको मनोबल उच्च राख्न उनीहरूको सुरक्षा, बसोबास र कार्य वातावरण सुधार आवश्यक रहेको उनले बताए । 

गृहमन्त्री गुरुङले खुला सीमाका कारण सीमापार अपराध नियन्त्रण चुनौतीपूर्ण बनेको उल्लेख गर्दै त्यसका लागि प्रविधिको प्रयोग बढाइने बताए ।  सीमा क्षेत्रमा ड्रोनमार्फत निगरानी गर्ने तथा प्रमुख नाकामा फेस रिकोग्निसनसहितको सीसीटिभी प्रणाली जडान गर्ने तयारी भइरहेको उनले  जानकारी दिए । 

उनले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोग गरिने बताउँदै सीमा स्तम्भको सुरक्षा र संरक्षणमा समेत सरकार गम्भीर रहेको उल्लेख गरे । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com