Global TV Logo
लोड हुँदैछ...

अविरल वर्षाले कास्कीमा ठूलो क्षति, वीरेठाँटी–घान्द्रुक सडक अवरुद्ध

S
Sristi Thakuri
२०२६-०८-१४, ०६:१३ AM
होमपेज/विशेष समाचार
अविरल वर्षाले कास्कीमा ठूलो क्षति, वीरेठाँटी–घान्द्रुक सडक अवरुद्ध

काठमाडौं , साउन २९  - बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ । 

विशेषगरी अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ८ स्थित वीरेठाँटी क्षेत्र बाढी र कटानबाट बढी प्रभावित भएको छ । कास्की प्रहरीकाअनुसार मोदी खोलामा आएको बाढीले वीरेठाँटीबाट पर्यटकीय क्षेत्र घान्द्रुक जाने सडकका विभिन्न खण्डहरू बगाएको छ । वीरेठाँटी नजिकैको करिव सय मिटर सडकखण्ड मोदी खोलाले कटान गरेपछि उक्त क्षेत्रको यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

 सडकको जग नै बगाएका कारण पैदल यात्रीका लागिसमेत आवतजावत गर्ने बाटो बाँकी नरहेको प्रहरीले जनाएको छ । त्यसैगरी, बाढीले कास्की र पर्वतको सिमानामा पर्ने मोदी खोलामा एउटा पुल र एक मन्दिर समेत बगाएको छ । खोलाको बहाव बढेपछि त्यस क्षेत्रमा मन्दिरका पुराजारीसहित तीनजना व्यक्तिहरू अड्किएको र केही समयपछि उनीहरूको उद्धार भएको छ । मोदी खोलामा आएको बाढीका कारण सडक सञ्जाल विच्छेद हुँदा त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

 सुरक्षा निकायले त्यस क्षेत्रमा शतर्कता अपनाउन र बाढीग्रस्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com