भोटेकोशी बाढीमा बढ्दो मानवीय क्षति, १३ सय ४४ शव फेला

भदौ २०- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि खोज तथा उद्धार कार्य जारी छ । खोज तथा उद्धार कार्य जारी रहदा मानवीय क्षतिको संख्या बढ्दै गएको छ। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको छ।
प्रहरीका अनुसार शनिबार बिहान ५ बजेसम्म विभिन्न स्थानबाट १ हजार ३४४ शव फेला परेका छन् । फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष रहेका छन् । यस्तै, ५०१ जनाको आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ ।
बाढीपछि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन् । प्रहरीको तथ्यांकअनुसार ४ हजार ८९८ जना हालसम्म सम्पर्कमा आउन सकेका छैनन्। बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीले निरन्तर अभियान सञ्चालन गरिरहेका छन् ।
हालसम्म ८ हजार ६३१ जना बाढी प्रभावितको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणका लागि ७ हजार ९१२ जना सुरक्षाकर्मी तथा अन्य जनशक्ति परिचालन गरिएको छ ।
बाढीबाट सुरक्षाकर्मीसमेत प्रभावित भएका छन् । प्रहरीका अनुसार २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् भने ६५ जना प्रहरी कर्मचारी बाढीबाट प्रभावित भएका छन् ।
भोटेकोशीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ । बेपत्ता भएकाहरूको खोजी, उद्धार र प्रभावितलाई राहत उपलब्ध गराउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



