Global TV Logo
लोड हुँदैछ...

बाढीपीडित नेपाललाई आवश्यक सहयोग गर्न भारत तयार : मोदी

S
Sristi Thakuri
२०२६-०८-२६, १२:४८ PM
होमपेज/विशेष समाचार
बाढीपीडित नेपाललाई आवश्यक सहयोग गर्न भारत तयार : मोदी

काठमाडौं , भदौ १० - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई टेलिफोन गरी त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

बुधबार आएको बाढीका कारण नेपालमा भएको क्षतिप्रति समवेदना व्यक्त गर्दै मोदीले विपद्को यस कठिन घडीमा भारत नेपालसँगै रहेको बताएका छन्। उनले नेपाललाई आवश्यक पर्ने उद्धार तथा राहत सामग्रीसहित सम्भावित सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको प्रतिबद्धता जनाएका छन्।

मोदीले सामाजिक सञ्जालमार्फत नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति भारतका जनताको पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गरेका छन्। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न भारत तत्पर रहेको उनको भनाइ छ।

उनका अनुसार नेपाल र भारतका सम्बन्धित टोलीहरू उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सम्पर्कमा रहेर नजिकबाट समन्वय गरिरहेका छन्।

प्रधानमन्त्री मोदीको सहयोगको प्रतिबद्धतालाई नेपालमा जारी उद्धार तथा राहत अभियानका क्रममा छिमेकी मुलुकबाट प्राप्त महत्वपूर्ण मानवीय सहयोगका रूपमा हेरिएको छ। त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com