Global TV Logo
लोड हुँदैछ...

पोखराबाट १ हजार पत्ता एलएसडीसहित भारतीय नागरिक पक्राउ

S
Sristi Thakuri
२०२६-०६-११, १२:३३ PM
होमपेज/विशेष समाचार
पोखराबाट १ हजार पत्ता एलएसडीसहित भारतीय नागरिक पक्राउ

कास्की प्रहरीले पोखराबाट १ हजार पत्ता प्रतिबन्धित लागुऔषध एलएसडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नाइजेरियाबाट हुलाकमार्फत लागुऔषध मगाइएको सूचनाका आधारमा निगरानी बढाइएको थियो। सोही क्रममा पोखरा–७ स्थित हुलाक कार्यालयबाट पार्सल बुझ्न आएका भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी उपरीक्षक नविन कार्कीका अनुसार पक्राउ परेका व्यक्ति पर्यटकका रूपमा पोखरा आएका थिए र लेकसाइडस्थित होटलको ठेगाना प्रयोग गरी लागुऔषध मगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com