Global TV Logo
लोड हुँदैछ...

पूर्वप्रधानमन्त्री देउवा दम्पत्तिबिरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलद्धारा अस्वीकार

B
Binita Thapa
२०२६-०५-०६, ०७:४१ AM
होमपेज/विशेष समाचार
पूर्वप्रधानमन्त्री देउवा दम्पत्तिबिरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलद्धारा अस्वीकार

बैशाख २३ - पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरेको छ । 

इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री देउवा र देउवा पत्नीसमेत रहेकी पूर्व परराष्ट्रमन्त्री आरजुविरुद्ध अहिलेकै अवस्थामा रेड नोटिस जारी गर्न नसकिने जवाफ पठाएको हो । देउवा दम्पत्तिविरुद्ध सम्बन्धित कसुर नदेखिएको र एकै पटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको विषयलाई पनि रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले प्रश्न उठाएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले २४ चैत २०८२ मा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि विभागले पक्राउ पुर्जीपत्र र अनुसन्धान भइरहेको कसुर उल्लेख गरी रेड नोटिस जारीको प्रक्रिया अघि बढाउन प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरेको थियो । देउवा दम्पत्ति हाल हङकङमा रहेको बताइए पनि यसबारे औपचारिक विवरणहरू सरकार र देउवाको परिवारबाट आधिकारिक रूपमा सार्वजनिक भएको छैन । २

४ भदौको जेनजी आन्दोलनका क्रममा देउवा दम्पत्तिमाथि निवासमै सांघातिक आक्रमण भएको थियो ।।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com