'आफ्ना मन्त्रीको सम्पत्ति छानबिन लुकाइयो' : ज्ञानबहादुर शाही

काठमाडौं, असार ३० – प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्पत्ति छानविन गर्ने काममा पनि राजनीति गरेको आरोप लगाएका छन ।
आफ्ना मन्त्री र नयाँ संसदहरुको सम्पत्ति छानविन हुँदैन भन्ने निर्णय गरेर सरकारले यसमा पनि राजनीतिकरण गरेको नेता शाहीको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा उनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानविन प्रतिवेदन सार्वजनिक नगर्नुको पनि सरकारले गरिरहेको राजनीतिकरणको दृष्टान्तको रुपमा लिन सकिने बताए ।
नेता शाहीले सरकारले नागरिकको हितमा कानून बनाउनु पर्नेमा अन्यथा गरिरहेको पनि बताए । मान्छेको जीवनभन्दा ठूलो सत्ता नहुनेतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
नेता शाहीले नागरिकको अभिभावकको रुपमा काम गर्न पनि सरकारलाई सचेत गराए । उनले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्तिप्रति आफूहरुको विरोध कायमै रहेको पनि बताए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



