Global TV Logo
लोड हुँदैछ...

कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा ७ प्रदेश, ७७ जिल्ला र १६५ क्षेत्रीय सभापतिलाई निमन्त्रणा

S
Sristi Thakuri
२०२६-०८-१०, ०५:५६ AM
होमपेज/विशेष समाचार
कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा ७ प्रदेश, ७७ जिल्ला र १६५ क्षेत्रीय सभापतिलाई निमन्त्रणा

काठमाडौं , साउन २५ - नेपाली कांग्रेसको असन्तुष्ट पक्षले राष्ट्रिय भेलामा ७ प्रदेश, ७७ जिल्ला र १ सय ६५ प्रतिनिधि सभा क्षेत्र सभापतिलाई पत्राचार गरेको छ । 

संस्थापन इतर पक्षले यही साउन २९ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ७ प्रदेश सभापति, ७७ जिल्ला सभापति र १ सय ६५ प्रतिनिधि सभा क्षेत्रीय समितिका सभापतिलाई सहभागिताका लागि पत्र पठाएको हो । भेलाका प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले उनीहरूलाई सहभागी हुन र आफ्नो क्षेत्रमा रहेका पार्टीका निकायको नेतृत्व गरेका तथा यसअघि नेतृत्व गरेकाहरूलाई पनि सहभागी गराउन आग्रह गरिएको जानकारी दिएका छन् । 

पार्टीको आन्तरिक सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले तीन दिने भेला बोलाएको छ । विश्वकर्माले पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका नेताहरूको राय लिने उद्देश्यले भेला आयोजना गरिएकोले उनीहरूलाई बोलाइएको जानकारी दिएका छन् । 

भेलामा महाधिवेशन प्रतिनिधि, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, पूर्वमन्त्री, सांसद, प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारीहरूलाई समेत सहभागी गराइने विश्वकर्माले बताएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com