Global TV Logo
लोड हुँदैछ...

आईपीएल क्रिकेटको उपाधि बेङ्गलुरुलाई

B
Binita Thapa
२०२६-०६-०१, ०३:५१ AM
होमपेज/समाचार
आईपीएल क्रिकेटको उपाधि बेङ्गलुरुलाई

जेठ १८-  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेङ्गलुरुले जितेको छ । गएराति भएको खेलमा बेङ्गलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले हराएको हो ।

गुजरातले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १८ ओभरमा ५ विकेट गुमाएर भेट्यायो । बेङ्गलुरुका विराट कोहलीले अविजित ७५ रन बनाए । गुजरातका रशिद खानले २ विकेट लिए ।

त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले ८ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । गुजरातका वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए । बेङ्गलुरुका रसिक सलामले ३ तथा भुवनेश्वर कुमार र जोश हेजलवुडले समान २ विकेट लिए ।

योसँगै बेङ्गलुरुले लगातार दुई पटक आईपीएलको उपाधि जितेको छ । गुजरातले भने सन् २०२२ मा उपाधि जितेको थियो । आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो । आईपीएल क्रिकेटमा १० वटा टोली सहभागी थिए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
आईपीएल क्रिकेटको उपाधि बेङ्गलुरुलाई | Global TV Khabar