असोज मसान्तभित्र बैंक खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक अनिवार्य

काठमाडौं, असार ३२ – बैंक तथावित्तीय संस्थाले खातावालाको राष्ट्रिय परिचयपत्रनम्बर अद्यावधिक गर्नुपर्नेभएको छ ।
राष्ट्रिय परिचयपत्रअनिवार्य गर्नुअघिखाताखोलेका ग्राहकसँगबैंकले यसको अद्यावधिकविवरणलिनुपर्नेभएको हो । राष्ट्र बैंकको निर्देशनअनुसार आगामीअसोज मसान्तभित्रइजाजतपत्रप्राप्तबैंक तथावित्तीय संस्थाले मोबाइलएप्लिकेशनवाअन्यउपयुक्तमाध्यमबाटखातावालाको राष्ट्रिय परिचयपत्रको विवरणभए÷नभएको स्वघोषणालिनुपर्नेछ ।
राष्ट्रिय परिचयपत्रलिएकानेपालीनागरिकको हकमा सम्बन्धितखातावालाको राष्ट्रिय परिचयपत्रवा राष्ट्रिय परिचयपत्रनम्बर लिई अद्यावधिक गर्नुपर्नेछ । तर, यस्तो परिचयपत्रलिई नसकेकानेपालीनागरिकको हकमा ६ महिनाअर्थात् पुस मसान्तभित्रयस्तो परिचयपत्रनम्बर लिई अद्यावधिक गराउनजानकारीदिनुपर्नेव्यवस्था गरिएको छ ।
यद्यपि १६ वर्षमुनिकाबालबालिकाको खाताखोल्नभने राष्ट्रिय परिचयपत्रअनिवार्य नहुने राष्ट्र बैंकले प्रष्टपारेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



