Global TV Logo
लोड हुँदैछ...

आईटी क्षेत्र सुधारमा अब ढिलाइ गर्न मिल्दैन : गगन थापा

S
Sristi Thakuri
२०२६-०८-०२, १२:५४ PM
होमपेज/विशेष समाचार
आईटी क्षेत्र सुधारमा अब ढिलाइ गर्न मिल्दैन : गगन थापा

काठमाडौं , साउन १७ - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई तीव्र गतिमा अघि बढाउनुपर्ने बताएका छन्।

आइतबार सानेपामा आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगार र पहुँच विश्वबजार’ विषयक अन्तरक्रियामा बोल्दै उनले आईटी क्षेत्र सुधारका लागि पहिलो चरणमा केही नीतिगत व्यवस्था भइसकेको र अब दोस्रो चरणको व्यापक सुधार आवश्यक रहेको बताए।

उनले नेपाली आईटी कम्पनीलाई विदेशमा शाखा विस्तार गर्न तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने प्रक्रियालाई सहज बनाइएको उल्लेख गर्दै अब कार्यान्वयनमा केन्द्रित हुनुपर्ने धारणा राखे।

थापाले भारत, फिलिपिन्स र कजाकिस्तानजस्ता देशसँग प्रतिस्पर्धा गर्न नेपालसँग ढिलाइ गर्ने समय नरहेको भन्दै आईटी क्षेत्रको विकासका लागि द्रुत निर्णय र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com